नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उराव समूदायको उत्थानका लागि तीनै तहका सरकारले विशेष आवश्यक कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन् । उनले उराव समुदायको उथ्थानका लागि स्थानीय, प्रदेश र संघीय सरकारले आवश्यक कार्यक्रम ल्याउन ढिलाई गर्न नहुने बताए ।
‘उराव समूदायको उथ्थानसँगै मौलिक संस्कृतिको संरक्षणका लागि तीनै तहका सरकारले विशेष कार्यक्रम ल्याउनुपर्छ,’ सभापति देउवाले शनिबार सुनसरीको भोक्राहा नरसिंहमा नेपाल उराव संघ स्थापना भएको पहिलो वर्षको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा भने । उनले उराव समूदाका लागि शिक्षालाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम बनाउनुपर्ने पनि बताए ।
‘उराव समुदायका बालबालिकालाई शिक्षाको सहज पहुँचसँगै उनीहरुको मौलिक सिपको प्रबर्द्धन गरिनुपर्छ,’ उनले भने, ‘अल्पसंख्यक जातिको मौलिक संस्कृति संरक्षण गर्ने दायित्व राज्यकै हो ।’
उनले नेपाली कांग्रेसका तर्फबाट उराव समूदायलाई हरेक निकायमा समेटेर लैजाने वचन पनि दिए । ‘संविधान निर्माण गर्ने क्रममा पनि उराव समुदायबाट प्रतिनिधीत्व भएको छ, काँग्रेसले उराव समुदखायलाई उचित स्थान दिनेछ,’ देउवाले भने ।
विशेगरी, सुनसरी, झापा र मोरङमा बढी मात्रमा रहेका अल्पसंख्यक उराव समुदायमा गरिबी र अशिक्षाका कारण विगतमा जाँडरक्सी खाएर रमाउने र सिकार खेल्न हिँडने समूहका रूपमा चिनिन्थ्यो। अझ महिलाहरुमा त स्वास्थ्यको अवस्था टिठ लाग्दो थियो । उनीहरुको न सुत्केरी सुत्केरी गराउने चलन थियो न त नियमित गर्भ जाँच नै गराउँथे । प्रायः अधिकतरले घरमै वच्चा जन्माउथे । स्थानिय स्वास्थ्य स्वयम्सेविकालाई उनीहरु सबै भन्दा ठूलो डाक्टर मान्थे ।
पछिल्लो समय भने यो अवस्थामा परिवर्तन आएको छ । उराव संघका केन्द्रीय सभापति सूर्यदेव उरावले पछिल्लो समय उराव समूदायका व्यक्तिहरु हरेक हिसावले क्षमतावान हुँदै गएकाले गर्दा पार्टी र सरकारी नियमनकारी निकायले हरेक निकायमा समेटनुपर्ने बताए । काँग्रेसका नेताहरुले सुनसरीमा २०४६ सालयता भएका हरेक निर्वाचनमा उराव समूदायको पार्टीका नेताहरुलाई चुनाब जिताउन महत्वपूर्ण भूमिका रहेकाले उनीहरुको योगदानलाई भुल्न नहुने सुल्झाएका थिए ।
उराव समुदायले मनाउने करम पूजाको प्रारम्भमा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेताहरु विजयकुमार गच्छदार, ज्ञानेन्द्रबहादुर कार्की, मोहन बस्नेत, मिन विश्वकर्मा, राजीव कोइराला, राजीव ढंगानालगायतले उराव समूदायको उथ्थानमा सरकारले योजना ल्याउन ढिलाई गर्न नहुने बताए । उराव समूदायले मनाउने करम पूजा नेपालीहरुको महान पर्व विजय दशमीको आगमनसँगै सुरु हुन्छ । पूजामा उराव समुदायले करम र वेलको रुखको हाँगालाई राखेर करम देवताको पूजा गर्ने चलन छ ।
प्रकाशित: २१ भाद्र २०८२ १७:३३ शनिबार



-600x400.jpg)

