सरकारले बाढीपहिरोबाट प्रभावित नभएका जिल्लाहरुलाई सार्वजनिक सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । शनिबारदेखि भोलि सोमबारसम्म देशैभर भारी वर्षाको पूर्वानुमानसहित सरकारले सार्वजनिक बिदा दिँदै सतर्कता अपनाउन आग्रह गरेको थियो । अविरल वर्षापछि अधिकांश जिल्ला प्रशासन कार्यालयहरूले सार्वजनिक सेवा स्थगित गरेका थिए ।
गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले आइतबार सूचना जारी गर्दै विपद् जोखिम र प्रतिकार्य कार्यमा प्रत्यक्ष रूपमा संलग्न नरहेका जिल्लाहरुलाई सार्वजनिक सेवा नियमित रूपमा सञ्चालन गर्न निर्देशन दिएको हो ।
पत्रमा भनिएको छ, ‘विपद् जोखिम तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लाहरूले सार्वजनिक सेवा सुचारू गर्नु गराउनु हुन निर्णयानुसार अनुरोध छ।’

प्रकाशित: १९ आश्विन २०८२ १८:१२ आइतबार





