काठमाडौंबाट गोरखाको आरुघाट सोतीतर्फ आउँदै गरेको रात्रिबस दुर्घटनामा घाइते २१ जनामध्ये चार जनाको अवस्था गम्भीर रहेको छ।
गोरखा भीमसेनथापा गाउँपालिका–३ टारीफाँटमा दुर्घटना हुँदा बसमा सवार २२ मध्ये २१ जना घाइते भएका छन्। जसमध्ये चार जना गम्भीर घाइते भएको आरुघाट प्रहरीले जानकारी दिएको छ। उनीहरूलाई काठमाडौंस्थित बिएण्ड बि अस्पतालमा रिफर गरिएको प्रहरीले बताएको छ।
अन्य घाइतेहरूको अवस्था सामान्य रहेको हुँदा उनीहरूको आरुघाटस्थित अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार बा ०१–००६ख ४१३१ नम्बरको रात्रिबस ब्रेकफेलका कारण दुर्घटना भएको हो।
यता, गोरखा भीमसेनथापा गाउँपालिका–३ वडाध्यक्ष ऋिषीराम लामिछानेले गम्भीर घाइते हुनेहरूको संख्या बढ्ने बताएका छन्। घाइतेमध्ये कतिपयको टाउँकोमा चोट लागेको, हात भाँचिएको तथा गाडीका सिसाहरू फुटेर चोट लागेको उनले बताए।
प्रकाशित: १७ भाद्र २०८२ ०८:२८ मंगलबार





