नेपाली कांग्रेसका नेता एवम् पूर्वउपसभापति गोपालमान श्रेष्ठ पार्टीको वरिष्ठ नेता बन्ने भएका छन्।
४४ औँ बीपी स्मृति दिवसका अवसरमा आज राष्ट्रिय सभागृहमा आयोजित सभामा नेपाली कांग्रेसका सभापति गगन थापाले श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गरेका हुन्।
सभापति थापाका अनुसार आगामी साउन १२ र १३ गते बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकबाट औपचारिक अनुमोदन गर्ने गरी श्रेष्ठलाई वरिष्ठ नेता घोषणा गरिएको हो।
नेता श्रेष्ठको योगदानको सम्मान गर्दै आगामी बैठकले यो निर्णयलाई सहजै अनुमोदन गर्ने विश्वाससमेत सभापति थापाले व्यक्त गरे।
पछिल्लो समय पेटको क्यान्सरबाट पीडित श्रेष्ठको स्वास्थ्य अवस्था गम्भीर रहेको छ। उनको हाल ललितपुरको जावलाखेलस्थित एक अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको छ।
प्रकाशित: ७ श्रावण २०८३ १७:३३ बिहीबार





