९ पुस २०८२ बुधबार
image/svg+xml
समाज

गुठिचौरमा सुशासन अभियान

जुम्लाको गुठीचौर गाउँपालिकामा सुशासन अभियानको शुभारम्भ भएको छ। 

आर्थिक पारदर्शिता र सेवाप्रवाहमा सुधार ल्याउन उद्देश्यसहित सुरु भएको अभियानले गाउँपालिकालाई आदर्श संस्थाको रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ । गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले अभियानको उद्घाटन गर्दै पालिकाभित्रका सबै प्रकारका अनियमितता नियन्त्रण गर्ने, सवारी साधनको दुरुपयोग रोक्ने र भ्रमण भत्तामा अनुशासन कायम गर्न उपयोगी हुने बताए ।  

उनले भने, ‘अबदेखि म पनि सरकारी कामबाहेक सवारी साधनको प्रयोग गर्ने छैन। अरुले पनि सरकारी साधन व्यक्तिगत कामका लागि प्रयोग गर्न पाउने छैनन्,’ उनले भने। सबै कर्मचारीलाई कार्यालय समयमा अनिवार्य उपस्थित हुन निर्देश दिएको पनि उनले बताए ।  सरकारी साधन केवल सरकारी काममा मात्र प्रयोग गर्न पाइने उनले बताए । 

प्रकाशित: २ कार्तिक २०८२ १९:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App