नेपाल रिपब्लिक मिडियाको अध्यक्षमा रोमनाथ घिमिरे निर्वाचित भएका छन्। मिडिया सञ्चालक समितिको हालैको बैठकले उनलाई यो जिम्मेवारी प्रदान गरेको हो।
सञ्चार उद्यमका साथै अन्य विविध व्यवसायको अनुभव रहेका घिमिरे शिक्षालगायत विभिन्न सामाजिक संघसंस्थामासमेत सक्रिय रहेका छन्।
रिपब्लिक मिडिया पब्लिक लिमिटेड भएसँगै घिमिरे सञ्चालक सदस्य रहँदै आएका थिए।
प्रकाशित: ६ जेष्ठ २०८३ ०८:२० बुधबार





