जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई परिचयपत्र वितरण गर्ने कार्य सुरु गरिएको छ।
गृह मन्त्रालयको निर्णय अनुरूप घाइतेहरूको सहज उपचार तथा फलोअपलाई व्यवस्थित गर्न देशका १६ वटा अस्पतालमा डेडिकेटेड जेनजी क्लिनिक समेत स्थापना गरिएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले अस्पतालमै पुगेर घाइतेहरूलाई भेट्दै परिचयपत्र वितरणको औपचारिक सुरुवात गरेका छन्।
जेनजी आन्दोलनमा घाइतेहरूको फलोअप उपचारलाई सहज बनाउने उद्देश्यले जेनजी क्लिनिकहरू स्थापना गरिएको गृह मन्त्रालयले जनाएको छ। यी क्लिनिकहरू काठमाडौं उपत्यकासहित देशका विभिन्न प्रदेशमा रहेका १६ अस्पतालहरूमा सञ्चालनमा आएका छन्।
मन्त्रालयका अनुसार जेनजी आन्दोलनका घाइतेहरूलाई अस्पतालसम्म निःशुल्क आउन र उपचारको व्यवस्था समेत मिलाइएको छ।

प्रकाशित: १२ आश्विन २०८२ १३:५० आइतबार





