जेनजी आन्दोलनले सिर्जना गरेको राष्ट्रिय संकट र राजनीतिक अस्थिरताबीच शुक्रबार सर्वदलीय बैठक सम्पन्न भएको छ।
उक्त बैठकपछि जेनजी आन्दोलनको अभियन्ता तनुजा पाण्डे र रक्षा बमले अब देशलाई नयाँ दिशा दिन र लोकतान्त्रिक शासन प्रणालीलाई सुदृढ बनाउने अपेक्षा गरेका छन्। जेनजी आन्दोलनको मर्म र त्यसले ल्याएको परिवर्तनले देशमा नयाँ दिशा पाउने उनीहरूको विश्वास रहेको छ।
बैठकपछि दलहरूबीच आपसी विश्वास र सहकार्यको वातावरण निर्माण गर्न, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको साझा प्रतिबद्धता जनाउन र हरेक दलले आत्मसमीक्षा गर्दै समावेशी, पारदर्शी र उत्तरदायी राजनीति अभ्यास गर्नुपर्नेमा उनीहरूको जोड छ।
तनुजा पाण्डेले सर्वदलीय बैठकप्रति सकारात्मक धारणा राख्दै संवैधानिक र राजनीतिक संकट टार्ने एक मात्र बाटो चुनाव भएको बताएकी छिन्।
पाण्डेले आन्दोलनको मर्मलाई स्वीकार गर्दै पार्टीहरूलाई रूपान्तरण सहित चुनावमा सहभागी हुन अपील गरेकी छिन्।
प्रकाशित: २५ आश्विन २०८२ ०८:४९ शनिबार





