२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
समाज

अर्घाखाँचीमा पनि 'जेन-जी' को प्रदर्शन

अर्घाखाँचीमा जेन-जी समर्थकले प्रदर्शन गरेका छन्।

जिल्ला सदरमुकाम सन्धिखर्कमा विभिन्न प्लेकार्डसहित स्थानीय युवा(युवती प्रदर्शनमा उत्रिएका हुन् । भक्तीटोल चोकमा भेला भएका प्रदर्शनकारीले केही बेर नाराबाजी गरेका थिए ।

जेन-जी समर्थक जिल्ला प्रशासन कार्यालयको गेटमा पुगेर आधा घन्टा धर्नासमेत दिएका थिए । नाराबाजी गर्दै प्रशासन पुगेका उनीहरूलाई सुरक्षाकर्मीले गेटमै रोकेको थियो । नाराबाजी गर्दै शान्ति बगैंचा हुँदै पुन: भक्तिटोलमा कोणसभा गरेका थिए ।

प्रदर्शनलाई अराजक बन्न नदिन सुरक्षाकर्मी  तैनाथ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । करिब १०० जनाको संख्यामा रहेका प्रदर्शनकारी केही बेरको प्रदर्शनपछि भोली ठुलो संख्यामा आउने उद्घोषसहित फर्किएका छन् ।

प्रकाशित: २३ भाद्र २०८२ १७:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App