जेन-जीको प्रदर्शन स्थलमा काठमाडौं महानगरपालिकाले घुम्ती शौचालय राखिदिएको छ।
भ्रष्टाचार, विशेषाधिकार र सरकारको सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेन-जी पुस्ताले आन्दोलन सुरु गरेका छन्। आज (सोमबार) बिहानदेखि माइतीघरमा विभिन्न प्लेकार्ड बोकेर उनीहरू सडकमा निस्किएका छन्।

‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, स्टप करप्सन (भ्रष्टाचार रोक)लगायतका नारा लेखेका प्लेकार्ड उनीहरूले बोकेका छन्।
उनीहरूको प्रदर्शनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले समेत समर्थन गरेका छन्।



प्रकाशित: २३ भाद्र २०८२ ११:१० सोमबार





