सिमकोटमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै गएको छ। लामो समयदेखि नियमित ग्यास आपूर्ति हुन नसक्दा जिल्ला सदरमुकामसमेत सिमकोट बजार क्षेत्रमा ग्यासको अभाव बढ्दै गएको हो।
हुम्लामा एलपी ग्यासको अभाव नयाँ समस्या भने होइन। भौगोलिक विकटता, ढुवानीको कठिनाइ र यातायातका साधनमा निर्भर आपूर्ति प्रणालीका कारण जिल्लामा दैनिक उपभोग्य वस्तुको नियमित आपूर्ति प्रभावित हुँदै आएको छ।
बिहीबार बिहान नेपालगन्जबाट १५० वटा भरिएका ग्यास सिलिन्डर आइपुगे पनि २७० वटा खाली सिलिन्डर लाइनमा राखिएका थिए। मागको तुलनामा आपूर्ति आधा कम भएपछि उपभोक्ताले ग्यास पाउने अवस्था नरहेको आदित्य जनरल स्टोरका प्रोप्राइटर रेसम महतले बताए। हुम्लामा भरिएको सिलिन्डरको ग्यासको मूल्य रु तीन हजार २०० पर्ने भएको छ। रासस
प्रकाशित: १९ भाद्र २०८३ १२:१३ शुक्रबार





