२४ आश्विन २०८३ शनिबार
image/svg+xml
समाज

गल्छी नजिक ग्यास बुलेट पल्टिँदा गलौँदी पुग्न समस्या : सडक विभाग

सडक विभागले धादिङको गल्छी नजिक ग्यास बुलेट पल्टिएकोले गलौँदी पुग्न समस्या भएको जनाएको छ।

शुक्रबार एक सूचना जारी गर्दै विभागले पृथ्वीराजमार्गअन्तर्गत गल्छी नजिक मछेडीमा ग्यास बुलेट पल्टिँदा सडक भासिएको ठाउँमा पुग्न समस्या भएको जनाएको छ।

विभागको अनुसार बुलेटबाट ग्यास लिक भइरहेका कारण गलौँदी क्षेत्रमा पुग्न अवरोध भएको छ। गलौँदीमा भासिएको सडक खुलाउन ब्याक कटिङ गर्नुपर्ने हुँदा ग्यास बुलेटका कारण त्यहाँ पुग्न गाह्रो भइरहेको जनाएको छ।

यस्तै, रात पनि परिसकेकाले त्यहाँको अवस्था हेरेर टीम परिचालन हुने विभागले जनाएको छ।

दसैँको मुखमा सडक अवरुद्ध भएपछि पृथ्वीराजमार्ग अन्तर्गत काठमाडौं–मुग्लिन यात्रा गर्ने सवारीसाधन प्रभावित भएका छन्। 

प्रकाशित: २३ आश्विन २०८३ १९:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App