बारा सिमराकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।
हत्यामा संलग्न आरोपमा प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका घर भएका प्रदीप खड्कालाई पक्राउ गरेको हो।
यससँगै यसप्रकरणमा तीन जना पक्राउ परेका छन्। यसअघि प्रहरीले जीतपुरसिमरा–२ का १६ वर्षीय सुमन थापा र २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरेको थियो।
यसअघि सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा थापाले प्रदीप खड्काको नाम लिएका थिए।
गरिमा साउन ३१ गते बिहान आफ्नै घर आँगनमा खेल्ने क्रममा सम्पर्कविहीन भएकी थिइन्। परिवार तथा स्थानीयले खोजी गर्ने क्रममा भदौ २ गते घरनजिकैको मान्छे नबस्ने एक घरमा उनको शव फेला परेको थियो।
गरिमाको बलात्कारपछि हत्या भएको प्रहरीको निष्कर्ष छ।
प्रकाशित: ८ भाद्र २०८३ १२:०३ सोमबार





