तनहुँको प्रसिद्ध पर्यटकीयस्थल मानुङकोट हाइकिङ जाने क्रममा जङ्गलमा बाटो बिराएर अलपत्र परेका चार जना किशोरीलाई प्रहरीले सकुशल उद्धार गरेको छ।
जिल्लाको व्यास नगरपालिका-५ ढोडेनीस्थित जङ्गलमा किशोरीहरू अलपत्र परेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरी सहायक निरीक्षक (प्रसनि) दीपा केसीको कमान्डमा महिला प्रहरीसहित खटिएको १० जनाको टोलीले शनिबार दिउँसो करिब १:१० बजे जङ्गलबाट उनीहरूको उद्धार गरेको हो।
उद्धार गरिएका चारै जना किशोरीलाई सकुशल परिवार तथा आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
प्रकाशित: ३० श्रावण २०८३ १८:२३ शनिबार





