९ मंसिर २०८३ बुधबार
image/svg+xml
समाज

चाबहिलबाट सलमानसहित चार जना पक्राउ

काठमाडौंमा लागुऔषध बिक्री वितरणमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

उनीहरूको साथबाट ट्रामाडोल एक हजार ५ ट्याबलेट, एन्टिकफ २० ट्याबलेट र नगद दुई हजार ५०० रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीका अनुसार मंगलबार दिउँसो काठमाडौं महानगरपालिका-७ चाबहिलमा लागुऔषध बिक्री भइरहेको सूचनाका आधारमा खटिएको टोलीले स्कुटरमा सवार सलमान तामाङ र अनिश राईलाई चेकजाँच गरेको थियो। उनीहरूको साथबाट ट्रामाडोल ११० ट्याबलेट फेला परेको थियो।

थप सोधपुछका क्रममा उनीहरूले महांकाल पानी ट्यांकी नजिक डेरा गरी बस्ने निकेश सुनुवारबाट लागुऔषध खरिद गरेको बताएका थिए। त्यसपछि प्रहरीले निकेश सुनुवार र दिवश गौतमलाई नियन्त्रणमा लिएको थियो। उनीहरूको साथबाट ट्रामाडोल ८९० ट्याबलेट, एन्टिकफ २० ट्याबलेट र नगद २ हजार ५०० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूबाट पाँच थान मोबाइल, एक थान ल्यापटप र दुई थान स्कुटर पनि बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ९ मंसिर २०८३ १४:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App