त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलो ८ सय ग्राम थाई गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतको केरला मुलरिया निवासी २९ वर्षीय अब्दुल नौशाद रहेका लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।
थाइल्यान्डबाट मलेसियाको क्वालालम्पुर हुँदै नेपाल आएका नौशादलाई बटिक एयर को उडान नम्बर ओडी १८२ मार्फत विमानस्थलमा अवतरण गरेका नौशादलाई प्रहरीले निगरानीका क्रममा पक्राउ गरेको थियो।
प्रहरीले उनको साथबाट ४ किलो ८ सय ग्राम थाई गाँजा, एक थान पासपोर्ट र एक थान मोबाइल बरामद गरेको छ।
पक्राउ परेका नौशादमाथि थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।
प्रकाशित: ९ मंसिर २०८३ १४:१७ बुधबार


-600x400.jpg)

-600x400.jpg)
