११ भाद्र २०८३ बिहीबार
image/svg+xml
समाज

रसुवा बाढीमा कपिलवस्तुका एक प्रहरीसहित चार जना सम्पर्कविहीन

फाइल तस्बिर

बुधबार बिहान रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि कपिलवस्तुका चार जना सम्पर्कविहीन छन्। 

रोजगारीका सिलसिलामा रसुवाको भोटेकोशी नदी आसपासका क्षेत्रमा रहेका उनीहरू बुधबार बिहान बाढी आएपछि परिवारको सम्पर्कमा छैनन्। प्रहरी उपरीक्षक मनोहर भट्टका अनुसार हालसम्म प्राप्त सूचनाअनुसार कपिलवस्तुका ४ जना भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन छन्।

रसुवाको उत्तरगया गाउँपालिकाको मैलुङस्थित हाइड्रोपावर सुरक्षाका लागि खटिएका महाराजगञ्ज नगरपालिका ३ शुक्ल बरईपुरका २३ वर्षे प्रहरी जवान आशिष गडरिया रहेका छन्। त्यस्तै शिवराज नगरपालिका ९ बिजगौरका १८ वर्षे संगम बुढामगर, विजयनगर ४ कुकुरभुकुवाका ४५ वर्षे नन्दबहादुर भाटक्षेत्री र वाणगंगा नगरपालिका ३ भक्तौलीका ४० वर्षे शिवलाल अधिकारी पनि परिवारको सम्पर्कमा छैनन्।

सम्पर्कविहीन भएका कपिलवस्तुका दुई जनाको सकुशल उद्धार भएको छ। कपिलवस्तुका ३९ वर्षीय धनञ्जय बरई र ३१ वर्षीय गौरी थापा मगरको उद्धार भएको हो।

प्रकाशित: ११ भाद्र २०८३ १४:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App