२५ आश्विन २०८३ आइतबार
image/svg+xml
समाज

लुटपाटमा संलग्न चार जना पक्राउ

लुटपाटमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ परेका छन्। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डु बस्ने दोलखाका १९ वर्षीय सौरभ मगर, २० वर्षीय अस्मित गजमेर, रामेछाप घर भएका १९ वर्षीय नवीन राउत र काठमाडौंको कीर्तिपुर नगरपालिका–६ चारघरे बस्ने ३० वर्षीय निलकुमार बस्नेत पक्राउ परेका हुन्।

सूर्यविनायक नगरपालिका-४ अनन्त लिङ्गेश्वरस्थित खड्का गाउँमा बा २ ज ८६४२ नम्बरको ट्याक्सी चालकलाई मङ्गलबार हतियार देखाई नगद र मोबाइल लुटपाट गरी फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

उनीहरूमाथि डाका चोरी मुद्दामा जिल्ला अदालत भक्तपुरबाट पाँच दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेकाे छ। 

प्रकाशित: २२ आश्विन २०८३ १३:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App