१० चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

देशका चार फरक स्थानमा चार पुरुष मृत फेला

देशका चार फरक-फरक जिल्लामा चार जना पुरुष मृत अवस्थामा फेला परेका छन्।

प्रहरीका अनुसार नुवाकोट र संखुवासभामा भेटिएका दुई जनाको पहिचान खुलेको छ।

नुवाकोटको लिखु गाउँपालिका–६, महादेवस्थानका ६० वर्षीय केदार धमला सोमबार स्थानीय कुलोमा मृत भेटिएका हुन्।

यस्तै, संखुवासभाको चैनपुर नगरपालिका-१ नुनढाकीस्थित तातोपानी गेट छेउमा मंगलबार सोही ठाउँका ६० वर्षीय देवीभक्त दमाई मृत अवस्थामा फेला परेका छन्।

अन्य दुई स्थानमा भेटिएका शवको भने हालसम्म नाम, थर र वतन खुल्न सकेको छैन। सिराहाको बरियारपट्टी गाउँपालिका–३, बलुवा चोकस्थित सडक छेउमा सोमबार अन्दाजी ५० वर्षीय एक पुरुषको बेवारिसे शव फेला परेको छ।

त्यसैगरी, रुपन्देहीको बुटवल उपमहानगरपालिका-७ कमलपोखरीस्थित जंगलमा पनि सोमबार नै अन्दाजी ७० वर्षीय अर्का एक वृद्ध मृत अवस्थामा भेटिएका छन्।

उल्लेखित सबै घटनामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १० चैत्र २०८२ १५:२७ मंगलबार