१३ कार्तिक २०८३ शुक्रबार
image/svg+xml
समाज

कुतकुते वनमा चार नाल भरुवा बन्दुक बरामद

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ बर्लाबासस्थित कुतकुते सामुदायिक वनमा चार नाल भरुवा बन्दुक फेला परेको छ। 

गोप्य सूचनाका आधारमा धोद्रो काठको गोडियाभित्र राखिएको अवस्थामा प्रहरीले वनको लहरे उकाली भन्ने स्थानमा चार नाल भरुवा बन्दुक फेला पारेको हो। इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक कालिका कार्कीको नेतृत्वमा गएको टोलीले उक्त बन्दुक फेला पारेको हो। 

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १३ कार्तिक २०८३ २१:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App