चितवनमा मोटरसाइकल दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
कालिका नगरपालिका वडा नम्बर ३ स्थित भित्रि सडक खण्डमा गए राति १ः५० बजेको समयमा ना ५४ प १९१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालकसहित चार जना घाइते भएका हुन्। घाइते हुनेमा २६ वर्षीय समिर महतो, २८ वर्षीय कृष्ण मर्दनिया, २७ वर्षीय अनिश महतो र नाम वर्तन नखुलेकी एक जना महिला रहेकी छिन्।
तीन जना पुरुष कालिका नगरपालिका वडा नम्बर ५ का स्थायी बासिन्दा हुन्। घाइते मध्ये अनिस र महिलाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रविन्द्र खनालले जानकारी दिए। उनीहरूको उपचार भरतपुरको चितवन मेडिकल कलेज र एलाईभ अस्पतालमा भइरहेको छ।
घटनाको थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।
प्रकाशित: १८ भाद्र २०८२ ०८:१३ बुधबार





