ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं २ का पूर्ववडाध्यक्ष नरबहादुर दाहालको लडेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार ७० वर्षीय दाहाल बाटो हिँड्ने क्रममा अचानक बाटोभन्दा अन्दाजी ५ फिट तल कोदोबारीमा घोप्टो परी लडी मृत अवस्थामा भेटिएका हुन्।
बस्नेतका अनुसार उक्त घटनाका बारेमा सिदिङ्वा गाउँपालिका वडा नं २ सादेवाका वडाध्यक्ष पूर्णकुमार माङमु लिम्बूले प्रहरीलाई जानकारी गराएपछि प्रहरी चौकी साब्लाखुबाट प्रहरी हवल्दार दुर्गाप्रसाद तुम्बापोको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ परिचालित भएको छ।
स्थानीय प्रकाश राई (कैलास) का अनुसार मृतक दाहाल २०४९ सालको स्थानीय निकायको निर्वाचनमा वडाध्यक्ष निर्वाचित भएका थिए।
प्रकाशित: २३ आश्विन २०८२ १०:०४ बिहीबार





