२३ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनील पौडेललाई ८ वर्ष कैद

विशेष अदालतले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनील पौडेल र व्यवसायी दीपक आनन्दलाई घुस मुद्दामा दोषी ठहर गर्दै जनही आठ वर्ष कैद सजाय सुनाएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यद्वय हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले बिहीबार कसुरदार ठहर गर्दै उक्त सजाय तोकेको हो।

अदालतले नेपाल सरकारको विशिष्ट श्रेणीको पदमा बसेर भ्रष्टाचार गरेको कसुरमा पौडेललाई थप ६ महिना कैद सजाय समेत सुनाएको छ। पौडेलले व्यवसायी आनन्दसँग घुस मागेको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा अदालतले यस्तो फैसला गरेको हो।

घुस लेनदेन भएको भनिएको तीन करोड आठ लाख रुपैयाँ बरामद नभएका कारण अदालतले यस मुद्दामा बिगो भने कायम गरेको छैन। यद्यपि, सो रकमलाई दामासाही हिसाबले भाग लगाई दुवै अभियुक्तबाट जनही एक करोड ५४ लाख रुपैयाँका दरले जरिवाना असुलउपर गर्ने फैसला गरिएको छ।

प्रकाशित: ३२ असार २०८३ १५:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App