२० श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

बिमा कम्पनीका पूर्व सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ

व्यवसायी दिपक भट्टसँग कनेक्सन भेटिएपछि नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन्। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले बिहीबार काठमाडौं महानगरपालिका ७, सिफलबाट रिमाललाई पक्राउ गरेको हो। उनी दिपक भट्टविरुद्ध बिमा ऐन, २०७९ र धितोपत्र ऐन, २०६३ अन्तर्गत दर्ता भएको मुद्दासँग सम्बन्धित अनुसन्धानका क्रममा पक्राउ परेका हुन्। 

सीआईबीले बिहीबार नै रिमाललाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको छ। अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थपको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।  

प्रहरीले यस प्रकरणमा अनुसन्धान जारी रहेको र आवश्यक तथ्य संकलन भइरहेको जनाएको छ। 

प्रकाशित: ७ श्रावण २०८३ १५:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App