१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

लगातारको वर्षापछिको बाढी पहिरोले मध्य पहाडी र तमोर करिडोर अवरुद्ध

लगातारको वर्षापछिको बाढी पहिरोले मध्य पहाडी र तमोर करिडोर अवरुद्ध भएका छन् ।  

न्यूनचापीय प्रणाली मोन्था चक्रवातको  प्रभावले वर्षा जारी रहँदा पाँचथरलाई विभिन्न स्थानसँग जोड्ने मुख्य सडक अवरुद्ध भएका हुन् ।  

मध्य पहाडी, मेची र तमोर करिडोरसँगै फिदिम फालौट सडकखण्ड बाढी र पहिरोका कारण ठप्प भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख अनिष कर्णले जानकारी दिए ।  

उनका अनुसार मध्य पहाडी राजमार्गको याङ्वरक–३, फिदिम फालौटखण्डको फिदिम–११ र १ को मध्यभागमा रहेको फेमेखोला, तमोर करिडोरको धनकुटा पाँचथरलाई जोड्ने नावा खोलाखण्ड शुक्रबार बिहानैदेखि अवरुद्ध भएका हुन्। 

प्रकाशित: १४ कार्तिक २०८२ १६:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App