३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

ढुंगा खस्ने जोखिम भएपछि तुइन खोलामा ‘फ्लड लाइट’ जडान

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला पुल नजिकै पहिरो र ढुंगा खस्ने जोखिम बढेपछि रातिको समयमा पनि स्पष्ट देखिने गरी दुईवटा फ्लड लाइट जडान गरिएको छ।

सडक डिभिजन कार्यालय भरतपुरले शनिबार साँझ ७ बजेदेखि उक्त लाइट सञ्चालनमा ल्याएको हो।

पुल नजिकैको भित्ताबाट जुनसुकै समयमा ढुंगा खस्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै यात्रुको सुरक्षाका लागि लाइट जडान गरिएको सडक डिभिजनले जनाएको छ।

रातको समयमा सडकको अवस्था प्रस्ट रूपमा देख्न सकियोस् र सम्भावित दुर्घटना टरोस् भन्ने उद्देश्यले लाइट जडान गरिएको कार्यालयका सब–इन्जिनियर हरि कुमार श्रेष्ठले जानकारी दिए।

सडक डिभिजन भरतपुरले उक्त जोखिमपूर्ण सडकखण्डमा ओभरटेक नगर्न चालकहरूलाई अनुरोध गरेको छ।

प्रकाशित: ३० फाल्गुन २०८२ १९:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App