अविरल वर्षाका कारण लमजुङस्थित मर्स्याङ्दी नदीमा पानीको बहाव तीव्र रूपमा बढेर जलसतहले सतर्कता तह पार गरेको छ।
जलसतह लगातार बढ्ने क्रममा रहेकाले बाढी पूर्वानुमान महाशाखाले नदी किनार र तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
बाढी पूर्वानुमान महाशाखाले बिहीबार बेलुका अलर्ट जारी गर्दै मर्स्याङ्दी नदीको भकुण्डेबेंसीस्थित जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको जानकारी दिएको हो।
नदीमा बाढीको जोखिम बढ्दै गएकाले मर्स्याङ्दी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई बिहीबार रातभर र शुक्रबार बिहानसम्मै उच्च सतर्क रहन महाशाखाले अपिल गरेको छ।
नदी किनारका बस्तीहरूमा पानी पस्न सक्ने जोखिम रहेकाले सुरक्षित स्थानमा रहन र नदी आसपासको क्षेत्रमा आवतजावत नगर्न आग्रह गरेको छ।
प्रकाशित: १८ भाद्र २०८३ २०:०६ बिहीबार


-600x400.jpg)

-600x400.jpg)
