भारीवर्षाका कारण भएको जनधनको क्षतिप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् ।
आइतबार सामाजिक सञ्जाल एक्समा लेख्दै उनले कठिन समयमा भारत सरकार नेपाली जनता र नेपाल सरकारको साथमा रहेको बताएका छन् ।
उनले लेखेका छन्, 'नेपालमा भारी वर्षाका कारण भएको जनधनको क्षति पीडादायी छ। हामी यस कठिन समयमा नेपाली जनता र नेपाल सरकारको साथमा छौं। एक मित्रवत् छिमेकी र पहिलो रेस्पोन्डरको रूपमा भारत आवश्यक पर्ने कुनै पनि प्रकारको सहयोग गर्न प्रतिबद्ध छ।'
प्रकाशित: १९ आश्विन २०८२ १६:३६ आइतबार





