२१ भाद्र २०८३ आइतबार
image/svg+xml
समाज

३८ जिल्लामा आकस्मिक बाढीको जोखिम, रसुवा र नुवाकोटमा उच्च सम्भावना : पूर्वानुमान महाशाखा

बाढी पूर्वानुमान महाशाखाले आज (आइतबार) देशका विभिन्न जिल्लामा बहने स-साना नदी तथा खोलाको बहाव बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ।

महाशाखाका अनुसार आज दोलखा, सिन्धुली, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बाग्लुङ, रुकुम पश्चिम, जाजरकोट, सुर्खेत, दैलेख, अछाम, कालिकोट, बाजुरा, बझाङ, बाँके, बर्दिया, दार्चुला, बैतडी, डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुर तथा आसपासका जिल्लाबाट बहने स-साना नदीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ।

यस्तै, रसुवा र नुवाकोटबाट बहने भोटेकोशी, त्रिशूली नदी तथा स-साना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना रहेको महाशाखाले बताएको छ।

May be an image of text
May be an image of map and text

प्रकाशित: २१ भाद्र २०८३ ०९:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App