यातायात व्यवस्था कार्यालय जनकपुरबाट पाँचजना पक्राउ परेका छन् । कार्यालयमा बिचौलियाको काम गरेको आरोपमा धनुषा प्रहरीले उनीहरूलाई सोमबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा जनकपुरधाम उपमहानगरपालिका-८ का ३४ वर्षीय कन्हैया झा वडा नम्बर २ का ३२ वर्षीय सरोज महतो र वडा नम्बर १४ का ४४ वर्षीय बिजय कुमार यादव रहेको छ ।
त्यस्तै धनुषा मिथिला विहारी नगरपालिका(३ का अं।वर्ष ४५ वर्षीय अरुण कुमार साह र हंसपुर नगरपालिका(५ का २३ वर्षीय सुरेश साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाइएको छ ।
प्रहरीका अनुसार काममा सहजीकरण गरदिने भन्दै सेवाग्राहीसँग आर्थिक लाभ लिने गरेको सूचना प्राप्त भएपछि यातायात कार्यालयको वरिपरिबाट उनीहरू पक्राउ परेका छन् ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित: ३० चैत्र २०८२ २०:१२ सोमबार





