१४ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
समाज

रोशीको बाढीमा फसेका पाँच माइक्रोबस र ८९ यात्रुको सकुशल उद्धार

रोशी खोलाको बाढीमा फसेका पाँच वटा माइक्रो बस र ८९ जना यात्रुको सकुशल उद्धार गरिएको छ।

पूर्वबाट काठमाडौं आउँदै गरेका यात्रुसहितका सवारी साधन काभ्रेको चारसय बेशीस्थित रोशी खोलाको बाढीमा फसेका थिए। काभ्रे प्रहरीका अनुसार उनीहरूलाई सोमबार राति नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरेर गन्तव्यतर्फ पठाएको जनाएको छ।

बाढीका कारण फसेका उनीहरूलाई प्लास्टिक बोट लगायतका उद्धार सामग्रीको सहायतामा उद्धार गरिएको प्रहरीले जनाएको छ।

सोमबार दिउँसो आएको वर्षाका कारण विपी राजमार्गमा यातायात पूर्ण रूपमा बन्द भएको थियो।

प्रकाशित: २२ वैशाख २०८३ ०७:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App