२९ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

पाँच थान भरुवा बन्दुक भेटियाे

प्रहरीले पश्चिम सुर्खेतकाे बराहताल गाउँपालिकाबाट पाँच थान भरूवा बन्दुक फेला पारेकाे छ। इलाका प्रहरी कार्यालय बाबियाचाैरका अनुसार शुक्रबार विहान बराहताल गाउँपालिका-६ स्थित बिउरेनीको जंगलमा भरुवा बन्दुक फेला परेकाे हाे।

`जंगलमा बन्दुक लुकाईछिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा बाबियाचाैर इकाला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक भुपेन्द्र शाहीको कमाण्डमा खटिएकाे टाेलीले काठ दाउराको थुप्रोको बिचमा लुकाईछिपाई राखेको अवस्थामा भरुवा बन्दुक ४ थान र लाेड नगरिएकाे एक थान गरी पाँच थान बन्दुक फेला परेकाे छ,´ जिल्ला प्रहरी कार्यालय सुर्खेतले दिएकाे सूचनामा भनिएकाे छ, घटनाबारे थप अनुसन्धान भइरहेकाे छ।´

प्रकाशित: २९ श्रावण २०८३ १३:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App