राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ । सभापति लामिछानेको बूढानीलकण्ठस्थित निवासमा बिहीबार उनीहरूबीच करिब पाँच घण्टा छलफल भएको हो ।
भेटमा प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमण र त्यसक्रममा भएका उपलब्धिबारे लामिछानेलाई जानकारी गराएका थिए । साथै, आगामी निर्वाचन र त्यसको तयारीका विषयमा पनि दुई नेताबीच छलफल भएको बताइएको छ ।
रास्वपाले सञ्चालन गर्न लागेको प्रशिक्षण अभियान, मन्त्री तथा मन्त्रालयका कामकारबाही र सरकारको समग्र कार्यसम्पादनबारे पनि उनीहरूबीच कुराकानी भएको थियो ।
त्यस्तै, अध्यादेश र आगामी संसद् अधिवेशनका विषयमा समेत छलफल भएको जनाइएको छ । भेटलाई आत्मीय र सौहार्दपूर्ण भनिएको छ ।
भेटमा भएका छलफलका विषय सार्वजनिक भए पनि त्यसबारे थप निर्णय वा निष्कर्ष भने खुलाइएको छैन ।
प्रकाशित: १० मंसिर २०८३ १८:४३ बिहीबार





