२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

बाढीपहिरोले पाँच राजमार्ग अवरुद्ध

फाइल तस्बिर

बाढीपहिरोका कारण मुलुकका पाँच राजमार्ग अझै अवरुद्ध छन्।

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले वर्षाका कारण पाँच राजमार्ग पूर्णरुपमा अवरुद्ध तथा दुई राजमार्ग एकतर्फी सञ्चालनमा आएका जानकारी दिए। सङ्खुवासभाको भोटखोलास्थित कोशी राजमार्ग, इलामको मेची राजमार्ग, रसुवाको गोसाईकुण्ड गाउँपालिकास्थित नेपाल–चीन जोड्ने राजमार्ग, रसुवास्थित पासाङ  ल्हामु सडक र मुस्ताङमा पर्ने जोमसोम–कोरोला सडकखण्ड अवरुद्ध छन्।

यस्तै, बाढीपहिरो जाँदा धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा पर्ने कोशी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

प्रकाशित: १७ कार्तिक २०८२ १३:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App