१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
समाज

नारायणी अस्पतालका पाँच स्वास्थ्यकर्मी निलम्बित

नारायणी अस्पतालको आकस्मिक कक्षमा शनिबार भएको घटनाको छानबिनका लागि अस्पताल प्रशासनले पाँच स्वास्थ्यकर्मीलाई निलम्बन गरेको छ। उक्त घटनाको सात दिनभित्र प्रतिवेदन बुझाउने गरि छानबिन समिति गठन गरेको छ। 

घटना भएको समयमा आकस्मिक कक्षमा कार्यरत डा प्रमोद राम, डा रामकिशोर सिंह, प्रह्लाद प्रसाद, नरेशकुमार चौधरी र आस्था यादवलाई छानबिन समितिको प्रतिवेदन नआएसम्मका लागि जिम्मेवारीबाट अलग राख्ने निर्णय गरिएको हो। 

शनिबार साँझ सहायक प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा बसेको बैठकले घटनाको निष्पक्ष छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारीसहित समिति गठन गरेको जनाएको छ।  

छानबिन समितिमा अस्पतालका डा नीरजकुमार सिंह, सहायक प्रमुख जिल्ला अधिकारी विनयकुमार गुप्ता, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम सुवेदी, वीरगन्ज महानगरपालिका २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदी, मृतकका आफन्तका प्रतिनिधि विकास पटेल तथा अस्पताल प्रशासनका प्रतिनिधि सुनीलकुमार रौनियार सदस्य रहेका छन्। 

प्रकाशित: १० श्रावण २०८३ १२:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App