१९ पुस २०८२ शनिबार
image/svg+xml
समाज

पोखराबाट पाँच जुवाडे पक्राउ

कास्कीमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ।

पोखरा महानगरपालिका-६ शान्तिपाटन बस्ने ३६ वर्षीय प्रज्वल बुढाथोकीको माईली थकाली भान्सा घरमा जुवातास खेलिरहेको अवस्थामा प्रज्वल समेत ५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३७ हजार ८ सय रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १७ भाद्र २०८२ १६:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App