नेपाल सरकारले रसुवाको भोटेकोसीमा आएको बाढीबाट प्रभावित पाँच जिल्लाका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ।
गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका बाढीबाट प्रभावित विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो।
गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा (१०) ले दिएको अधिकार प्रयोग गरी उक्त घोषणा गरेको जनाएको छ।

प्रकाशित: १३ भाद्र २०८३ ११:०४ शनिबार




-600x400.jpg)
