७ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

पाथीभरामा एकैदिन साढे पाँच हजारले गरे दर्शन

ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा शनिवार यो सिजनकै धेरै दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन्। पाथीभरा क्षेत्र विकास समितिका अनुसार शनिवार दिउँसो पौने २ बजेसम्म ५ हजार ९ सय दर्शनार्थीले मन्दिरको दर्शन गरेका हुन्।

मन्दिरको दर्शन गर्न जानेहरू बेलुकीसम्म आउजाउ गरिरहने भएकाले दिउँसोको संख्यामा थप हुने देखिएको छ। क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार यो सिजन लागेपछि शनिवारको दर्शनार्थी संख्या अहिलेसम्मकै उच्च हो।

असोज महिनाभरमा २९ हजार १७४ जनाले पाथीभरा मन्दिरको दर्शन गरेका थिए। २०८१ सालको कात्तिक महिनामा ६१ हजार १७३ जनाले पाथीभरा मन्दिरको दर्शन गरेको तथ्यांक क्षेत्र विकास समितिसँग छ। २०८१ सालभरि २ लाख २१ हजार ६०२ जनाले पाथीभरा मन्दिरको दर्शन गरेका थिए।

प्रकाशित: ८ कार्तिक २०८२ १४:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App