१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

ताप्लेजुङ साब्लाखुमा आगलागी : ५० लाखको क्षति

ताप्लेजुङको सिदिङवा गाउँपालिकाको केन्द्र साब्लाखुमा भञ्ज्याङमा शुक्रवार अपराह्न भएको आगलागीमा ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण संकलन भएको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार विद्युत् सर्ट भएर घरको सिरान तलाबाट लागेको आगोले ५० लाख बराबरको क्षति विवरण संकलन भएको छ।

शुक्रवार दिउँसो करिब ४:३० बजे स्थानीय ३५ वर्षीय डेनी तामाङको घरमा आगलागी भएको थियो। प्रहरीका अनुसार तामाङको पाँच तले घरको छतमा भने जस्तापाताको ट्रस लगाइएको थियो । त्यही सिरानको तलाबाट लागेको आगो साँझ ६:४० बजे नियन्त्रणमा आएको थियो। 

प्रकाशित: १३ मंसिर २०८२ १३:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App