३१ भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

सर्वोच्चको नयाँ भवनमा आगलागी हुँदा तीन फाँटमा क्षति

तस्बिर : न्यायकर्मी हरि भट्टराई

सर्वोच्च अदालतको मुद्दा फाँटमा बुधबार बिहान आगलागी भएको छ। आगलागीबाट फाँटमा रहेका टेबल, कुर्सीसहित तीन वटा कम्प्युटरमा क्षति पुगेको छ।

न्यायकर्मी हरि भट्टराईले यसबारे जानकारी दिँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘सर्वोच्च अदालतको नयाँ भवनमा आज फेरि आगलागीबाट तीन वटा फाँटमा क्षति पुगेको छ। बिजुली सर्ट भए जस्तो छ। सावधानी अपनाउनु पर्ने देखियो।’

विद्युत् सर्ट भएर आगलागी भएको आशंका गरिएको छ।

प्रकाशित: ३१ भाद्र २०८३ ११:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App