२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

आगोले लियो वृद्धको ज्यान

सांकेतिक तस्बिर

चैनपुर नगरपालिका–४ मैदानेमा आगलागीमा परी एक वृद्धको  मृत्यु भएको छ ।  

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार चैनपुर–४ का ८८ वर्षीय दिलबहादुर लिम्बूको मृत्यु भएको हो । आज बिहान ग्यास चुहिएर उनको घरमा आगलागी भएको थियो ।  

आगलागीमा घरका साथै त्यहाँ रहेका नगद र जिन्सी गरी  १० लाख रुपैयाँ बराबराको क्षति भएको प्रहरी निरीक्षक राजवंशीले जानकारी दिए ।

 

प्रकाशित: २८ मंसिर २०८२ १६:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App