५ कार्तिक २०८३ बिहीबार
image/svg+xml
समाज

अम्बे स्टिलको फर्नेस तेल ट्यांकीमा आ’गलागी, १ करोड ५६ लाखको क्षति

अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको फर्नेस आयल ट्यांकीमा आगलागी हुँदा करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको फर्नेस आयल (फलाम इन्जिनमा प्रयोग हुने तेल) को ट्यांकीमा लाइन सर्ट सर्किट भई आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागी भएको ट्यांकीको क्षमता २ लाख लिटर रहेको र आगलागीबाट करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय खजुरा खुर्दले जनाएको छ।

नेपाल प्रहरी, स्थानीयवासी तथा दमकलको सहयोगमा बिहीबार राती २ः३० बजे आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।

घटनामा कुनै मानवीय क्षति नभएको र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ५ कार्तिक २०८३ ०९:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App