१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

तनहुँको दुलेगौडास्थित एक घरमा आगलागी

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ आगलागी भएको छ।

स्थानीय बद्रीकुमार श्रेष्ठको घरमा आगलागी हुँदा नेपाल प्रहरी, शुक्लागण्डकी नगर प्रहरी र स्थानीयवासीको सक्रियतामा नगरपालिकाको वारुणयन्त्र प्रयोग गरेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक पोषण थापाले विद्युत् चुहावट भएर आगलागी भएको अनुमान रहेको र क्षतिको विवरण आउन बाँकी रहेको बताए।

उक्त घरमा फेन्सी पसल र सिलाइ पसल सञ्चालनमा थियो।

प्रकाशित: ३ कार्तिक २०८२ २२:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App