२५ श्रावण २०८३ सोमबार
image/svg+xml
समाज

ग्यास लुकाएको आरोपमा ५० हजार जरिवाना

नेपालगन्जमा बजार अनुगमनका क्रममा ग्यास लुकाएको आरोपमा आइतबार एक किराना पसललाई रु ५० हजार जरिवाना गरिएको छ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो। 'ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ,' उनले भने।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर लुकाएर राखेको अवस्थामा भेटिएको थियो।

उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार सो ग्यास पसललाई रु ५० हजार जरिवाना गरिएको हो। अनुगमन टोलीले किराना पसलबाट अखाद्य केही साम्रग्रीसमेत फेला पारेको थियो।

बजारमा ग्यासलगायत उपभोग्य सामग्रीमा अनियमितता भएको गुनासो आउन थालेपछि स्थानीय प्रशासनको सक्रियतामा केही दिनयतादेखि बजार अनुगमन हुँदै आएको छ। केही दिनदेखि बजारमा खाना पकाउने ग्यास अभाव देखिँदै आएको छ।

प्रकाशित: २५ श्रावण २०८३ ०६:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App