२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

आँखा उपचार केन्द्र निर्माणका लागि आर्थिक सहयोग जुट्यो

आँखा उपचार केन्द्र सल्ले रुकुम पश्चिमको भवन निर्माणका लागि जग्गा खरिद गर्न रु पाँच लाख ७१ हजार ९४९ सङ्कलन गरिएको छ। रुकुम सर्जिकल आँखा उपचार केन्द्रले जग्गा खरिदका लागि सहयोग आह्वान गरेको थियो।  

सोही आह्वानअनुसार नेत्र ज्योति सङ्घ जिल्ला शाखा रुकुम पश्चिमको खातामा उक्त रकम जम्मा भएको आँखा सर्जिकल सेन्टर प्रमुख धनबहादुर केसीले जानकारी दिए। देश तथा देशबाहिर बस्ने ३४ जना व्यक्तिले सहयोग गरेको उनले बताए।  

केसीका अनुसार भवन निर्माणका लागि मुसिकोट–१ सल्लेमा ५९७ वर्गमिटर जग्गा बैङ्कबाट ‘लोन’ लिएर खरिद भइसकेको छ। जग्गा खरिद तथा आवश्यक प्रक्रियामा रु १९ लाख खर्च भएकाले सहयोग आह्वान गरिएको उनले जानकारी दिए।  

भवन निर्माणका लागि भने सहरी विकास मन्त्रालयबाट रु दुई करोड ८० लाख विनियोजन गरिएको र यसबाट साढे तीन तलाको भवन निर्माण हुने आँखा सर्जिकल सेन्टर प्रमुख केसीले बताए। भवन निर्माण ठेक्का प्रक्रियामार्फत हुने भएकाले सोहीअनुसार तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ। रासस

प्रकाशित: १६ श्रावण २०८२ १६:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App