२१ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
समाज

पाचौँ सामाजिक उद्यमशीलता सम्मेलन भोलिदेखि

सामाजिक उद्यमशीलताको प्रवर्द्धन तथा दिगो विकासलाई केन्द्रमा राख्दै ‘पाचौँ राष्ट्रिय सामाजिक उद्यमशीलता सम्मेलन–२०२६’ आयोजना हुने भएको छ। यो सम्मेलन जेठ ११ गते सोमबार र १२ गते मंगलबार काठमाडौंको भृकुटीमण्डपमा हुनेछ ।  

‘उद्देश्यसहितको नाफा: नेपालको सामाजिक उद्यम पारिस्थितिक प्रणालीलाई आकार दिँदै’ भन्ने मूल नारासहित आयोजना हुने सम्मेलन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने गैर सरकारी संस्था महासंघका राष्ट्रिय अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिए। सम्मेलनमा सामाजिक उद्यम, नवप्रवर्तन, दिगो विकास तथा उद्यमशीलतासम्बन्धी विविध विषयमा छलफल हुनेछ ।  

सामाजिक उद्यमशीलता कोष, नेपाल विकास अभियानलगायतका संघ संस्थाको अगुवाइमा हुने सम्मेलनमा देशभरका झण्डै तीन सयभन्दा बढी सामाजिक उद्यममा लागेका नागरिक सहभागी हुनेछन् ।  

कार्यक्रममा सामाजिक उद्यमी, निजी क्षेत्र, नीति निर्माता, विकास साझेदार, युवा उद्यमी तथा विभिन्न सरोकारवाला संस्थाको सहभागिता रहने अपेक्षा गरिएको छ।

सम्मेलनमा नीति बहस, उद्यमी अनुभव आदानप्रदान, अन्तरक्रिया तथा कार्यशाला, सामाजिक उद्यम पिचिङ, प्रदर्शनी तथा स्टल प्रदर्शन लगायतका कार्यक्रम समावेश गरिएको छ। साथै सामाजिक सञ्जाल विस्तार र साझेदारी निर्माणलाई समेत प्राथमिकतामा राखिएको छ।

सम्मेलनले समावेशी समाज, दिगो भविष्य र समृद्ध नेपालको अवधारणालाई अघि बढाउने उद्देश्य लिएको उल्लेख गरिएको छ। 

प्रकाशित: १० जेष्ठ २०८३ १६:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App