सडक डिभिजन कार्यालय हेटौंडाले सोमबार बिहानैदेखि कडा सुरक्षाबिच वीरगन्जमा पुनः घर भत्काउनका लागि स्काभेटर परिचालन गरेको छ।
गण्डकदेखि पावर हाउस चोकसम्म्को सडकमा परेका घरहरू भत्काउन सुरक्षाकर्मीसहित स्काभेटर परिचालन गरेको हो। शुक्रबार सडकमा परेका घरहरू भत्काउन सुरु गर्दा पीडितहरूले विरोध प्रदर्शन समेत गरेका थिए।
पीडितहरूको विरोध प्रदर्शनले सडक डिभिजन कार्यालय हेटौंडाले घर भत्काउने कार्य रोकेको थियो। सडक वीरगन्जमा आज बिहानैदेखि घर भत्काउनका लागि स्काभेटर, ग्रेडर प्रयोग गरिएको छ।
प्रकाशित: २२ असार २०८३ १०:२९ सोमबार





