१६ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

बानेश्वर क्षेत्रमा ११ बजेदेखि विद्युत् आपूर्ति बन्द हुने

काठमाडौंको बानेश्वर वितरण केन्द्रअन्तर्गत विभिन्न क्षेत्रमा आज (शनिबार) विद्युत् आपूर्ति बन्द हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले एक सूचना जारी गर्दै बत्तिसपुतली र बानेश्वर फिडरअन्तर्गत विभिन्न स्थानमा लाइन बन्द रहने जानकारी दिएको हो।

प्राधिकरणका अनुसार नयाँ बानेश्वरस्थित इम्पलेक्स मलअगाडि लोड ब्रेक स्विच जडान, पुरानो बानेश्वरस्थित बत्तिसपुतली र बानेश्वर फिडरबिच इन्टरलिङ्किङ स्विच जडान तथा बस कटिङजस्ता विभिन्न कार्यहरू गर्नुपर्ने भएकाले फिडरहरू शटडाउन गर्नुपरेको हो।

विद्युत् कटौती हुने समय र स्थानहरू हेर्दा, बत्तिसपुतली फिडरअन्तर्गत पर्ने नयाँ बानेश्वर, मध्य बानेश्वर, पुरानो बानेश्वर, बत्तिसपुतली र छक्कुबकु मार्ग क्षेत्रहरूमा बिहान ११:०० बजे देखि दिउँसो २:०० बजेसम्म (३ घण्टा) विद्युत् आपूर्ति बन्द हुनेछ। 

त्यसैगरी, बानेश्वर फिडरअन्तर्गत पर्ने ठुलो खरिबोट, कात्यायनी चोक, मिलन चोक, पुरानो बानेश्वर र मध्य बानेश्वर क्षेत्रमा पनि बिहान ११:०० बजे देखि दिउँसो २:०० बजेसम्म (३ घण्टा) लाइन काटिनेछ। 

यसैगरी, तेस्रो चरणमा बत्तिसपुतली फिडरकै नागस्थान, कुमारी मन्दिर, सूर्य विक्रम ज्ञवाली मार्ग, साहित्य मार्ग र मुस्कान मासु पसल क्षेत्रहरूमा दिउँसो ३:०० बजे देखि साँझ ४:३० बजेसम्म (१.५ घण्टा) विद्युत् बन्द रहनेछ।

प्रकाशित: १६ श्रावण २०८३ १०:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App