२३ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

युवतीलाई गोप्य अङ्ग देखाउने शिक्षा अधिकृत २० हजार धरौटीमा छुटे

युवतीलाई गोप्य अङ्ग देखाउने शिक्षा अधिकृत धरौटीमा रिहा भएका छन्।

ललितपुरको इमाडोलमा सडकमा हिँडिरहेकी युवतीमाथि अश्लील हर्कत गरेको आरोपमा पक्राउ परेका रक्षा मन्त्रालयका शिक्षा अधिकृत सुरेन्द्र भट्ट २० हजार रुपैयाँ धरौटीमा रिहा भएका हुन्।

५५ वर्षीय भट्टलाई जिल्ला प्रशासन कार्यालय ललितपुरले २० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो।

गत असार २१ गते इमाडोलमा बाटो हिँडिरहेकी युवतीलाई लक्षित गरी भट्टले गोप्य अङ्ग प्रदर्शन गरेका थिए। उक्त घटनापछि लगत्तै युवतीले मोबाइलबाट भट्टको हर्कत रेकर्ड गरिन््। उनले अर्को मान्छेको सहयोगमा भट्टलाई समाएर माफि मागेर खुट्टासमेत ढोग्न लगाएकी थिइन्।

युवतीले उक्त भिडियो सामाजिक सञ्जालमा हालेपछि प्रहरीले भट्टलाई पक्राउ गरेको थियो। भट्टले भने यसबारे प्रहरीलाई इन्कारी बयान दिएका थिए।

प्रकाशित: ८ श्रावण २०८३ १६:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App