१२ श्रावण २०८३ मंगलबार
image/svg+xml
समाज

पूर्व पश्चिम राजमार्ग अवरुद्ध

सुनसरीको देवानगञ्ज क्षेत्रमा सहज हुन थालेपनि पूर्व पश्चिम राजमार्ग अन्तर्गतको इटहरीको पकलीदेखि कोशी ब्यारेजसम्म ठाउँ ठाउँमा प्रदर्शन सुरु भएको छ। 

प्रदर्शनकारीहरुले सडकमा टायर बालेर अवरोध गरेपछि यातायातका साधन अवरुद्द छन । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी चन्द्र खड्काका अुनसार देवानगञ्ज क्षेत्रमा साम्य हुँदै गएपनि पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीका ठाउँ ठाउँमा अवरोध भएपछि इटहरीबाट पश्चिम गाडी पठाउन रोकिएको  छ। 

प्रदर्शनकारीहरु उत्तेजित भएर प्रदर्शन गरि रहेकाले गर्दा जुनसुकै बेला जे पनि हुन सक्ने खतरा रहेको छ। 

प्रकाशित: १२ श्रावण २०८३ ११:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App